aarthiknews.com आइतबार, १४ जेठ २०८०   Sunday, 28 May, 2023
 

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ कार्तिक २०७९
Prabhu Bank
बाजुरा केन्द्रबिन्दु भएर भूकम्प
NIBL

बाजुरा । बाजुराको काँडा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर १३ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ । 

यसअघि खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टरस्केलको भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा छ जनाको मृत्यु भएको थियो । आठ जना घाइते भएका थिए । 

प्रतिक्रिया दिनुहोस