शीर्षकहरू

दुई महिनामा एक लाख ४६ हजार पर्यटक नेपाल आए

दुई महिनामा एक लाख ४६ हजार पर्यटक नेपाल आए

काठमाडौं । पछिल्लो महिना नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या बढेको छ । पछिल्लो दुई महिनाको तथ्यांक हेर्दा नेपाल आउने पर्यटकको संख्या बढेको देखिएको हो । सन् २०२२ को पछिल्ला दुई महिना (सेप्टेम्बर र अक्टोबर)मा एक लाख ४६ हजार ८९६ जना विदेशी पर्यटक नेपाल आएका हुन् ।  

अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२२ को सेप्टेम्बर महिनामा ५८ हजार ३१४ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै, अक्टोबर महिनामा ८८ हजार ५८२ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।  

सन् २०२२ को आठ महिनाको अवधिमा तीन लाख भन्दा बढी विदेशी पर्यटक नेपाल आएका थिए । जनवरीदेखि अगस्टसम्मको आठ महिनाको अवधिमा विभिन्न देशका तीन लाख २३ हजार ४२६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका अध्यागमन विभागले जनाएको छ ।