शीर्षकहरू

एभरेष्ट इन्स्योरेन्सको साधारण सभा हुँदै, लगानीकर्तालाई हात खाली

एभरेष्ट इन्स्योरेन्सको साधारण सभा हुँदै, लगानीकर्तालाई हात खाली

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/0७५ को वार्षिक साधारण सभा असोज १ गते गर्ने भएको छ । कम्पनीले वार्षिक प्रतिवेदन पारित, लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण लगाएतको विषयमा छलफल गर्न सभा बोलाएको हो । 
यस वर्ष कम्पनीले लाभांश भने दिएको छैन । कम्पनीले बीमा समितिले तोके बमोजिम १ अर्ब चुक्तापूँजी कायम गरिसकेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४ करोड २९ लाख ४८ हजार छ । गत असार मसान्तसम्म कम्पनीले ६ करोड ८ लाख ६ हजार खुद नाफा गरेको छ । गत वर्ष ८७ हजार ८८६ बीमालेख जारी गरेको कम्पनीले ८१ करोड १८ लाख १७ हजार बीमाशुल्क आर्जन गरेको छ । यस कम्पनीको प्रतिशेयर आम्दानी ५ दशमलव ८३ रहेको छ ।