शीर्षकहरू

‘पाटा आई डी’ तथा विश्व पर्यटन दिवस समारोह सम्पन्न

‘पाटा आई डी’ तथा विश्व पर्यटन दिवस समारोह सम्पन्न

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले प्रतेक बर्ष विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा पर्ने  संस्थाको औपचारिक स्थापना दिवस (सेप्टेम्बर २६, १९७५) लाई एउटा उत्सवको रुपमा मनाउने गर्छ । काठमाडौंको मण्डिखाटार स्थित गेट कलेजमा पाटा आइडी नामक एउटा नया बिशेष कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । 

विश्व पर्यटन दिवस २०२२ को मूल नारा ‘रिथिङ्किङ टुरिजम’ लाई आत्मसात् गर्दै संस्थाको ४७ औँ बार्षिकोत्सव मनाउन आयोजित पाटा आईडी कार्यक्रम एक संजाल बिस्तार, नेटवर्किंग, अन्तरक्रिया, सम्मान तथा पहिचान, आकर्षक लक्की ड्र पुरस्कारहरू र मनोरंजन कार्यक्रमको रुपमा सम्पन्न भएको छ । यो कार्यक्रम आगामी प्रतेक बर्ष पाटा नेपालले बार्षिक कार्यक्रमको रुपमा मनाउने भएको छ ।   

पाटा आईडी र विश्व पर्यटन दिवस समारोहको औपचारिक कार्यक्रममा, पाटा नेपाल च्याप्टरले आगामी वर्ष २०२३ जुन ६ देखि ९ सम्म आयोजना गर्ने  चौथो हिमालयन ट्राभल मार्टको प्रोमो भिडियो सार्वजनिक गरेको थियो । 

पाटा नेपाल च्याप्टरले सन् २०१७ देखि २०१९ सम्म वार्षिक रुपमा हिमालयन ट्राभल मार्ट का तीन अति सफल संस्करणहरू आयोजना गरेको थियो, जुन विश्वव्यापी महामारीपश्चात पछिल्लो समयमा आयोजना हुनसकेको छैन । कार्यक्रमका बीच पाटाले आफ्नो वार्षिक पुरस्कार वितरण समारोह समेत आयोजना गरी निम्न पर्यटन सम्बन्धित व्यक्तित्व र संस्थाहरूलाई सम्मान गरेको छ ।