शीर्षकहरू

हिमाल दोलखा हाईडोपावरले हकप्रद जारी गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

हिमाल दोलखा हाईडोपावरले हकप्रद जारी गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

काठमाडौं । हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडले हकप्रद शेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको हो । 

सम्झौतापत्रमा हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् । काठमाडौंमा रजिष्टर्ड कार्यालय रहेको यस हिमाल दोलखा हाईडो पावर कम्पनीको हालको  पुँजी एक अर्ब ६० करोडको प्रति शेयर अंकित एक सय रुपैयाँको दरले १ कित्ता शेयरको ०.७५ प्रतिशतको अनुपातमा एक करोड २० लाख कित्ता हकप्रद शेयर निकाष्शन गर्नेछ । 

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा न. ९, १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइडोपावर सञ्चालन गरेको छ ।