शीर्षकहरू

नयाँ स्टक एक्सचेञ्जको विरोधमा नेप्सेका कर्मचारी

नयाँ स्टक एक्सचेञ्जको विरोधमा नेप्सेका कर्मचारी

काठमाडौं । नयाँ स्टक सञ्चालनका लागि लाईसेन्स वितरणको बाटो सरकारले खुला गरेसँगै यसको विरोधमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का कर्मचारी युनियन विरोधमा उत्रिएका छन् । युनियनले प्रेस विज्ञप्ती जारी गर्दै नयाँ स्टक एक्सचेञ्जका लागि लाईसेन्स वितरण गर्ने सरकारी कदमको विरोध गरेका हुन । 

युनियनले नयाँ स्टक आवश्यक नरहेको भन्दै नेप्सेलाईनै पुनसंचरना गर्दै यसको आधुनिकीकरण गर्नुपर्ने माग गरेका छन् । विश्वभर स्टक एक्सचेञ्जहरू मर्ज भैरहेको अवस्थामा नेपालको अर्थतन्त्रको आकारको आधारमा एउटै स्टक एक्सचेञ्ज प्रयाप्त रहेको भनाई युनियनको छ । 

अर्थतन्त्रको ऐनको रुपमा रहेको पूँजीबजार देश विकासको निर्धारक नरहेको जिकिर समेत युनियनले विज्ञप्तीमार्फत गरेको छ । धेरै स्टक एक्सचेञ्ज खोल्दैमा प्रतिस्पर्धा नहुने भनाई पनि उनिहरूको छ । साथै नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग दुई ओटा स्टक एक्सचेञ्जको नियमन गर्ने क्षमता नभएको बुझाई समेत युनियनको छ ।

युनियनले विश्वभरका स्टक एक्सचेञ्जसँगको तुलनामा विभिन्न आठ बुँदाहरू उल्लेख गर्दै नेपालमा अर्को स्टक एक्सचेञ्ज आवश्यक नभएको प्रष्ट पारेको छ । बैंक तथा वित्तीय संस्था, दुरसञ्चार कम्पनी, बीमा वा यस्तै कुनै संस्थाहरूको संख्या बढाएर प्रतिस्पर्धा हुने तर संख्या थपेर मूल्यमा प्रतिस्पर्धा ल्याउने भन्ने विषय पूँजीबजार नभएको युनियनको भनाई छ ।

एउटा कम्पनी दुबै स्टक एक्सचेञ्जमा सूचीकृत हुँदा त्यको मूल्य फरक पर्न जान्छ युनियनले भनेको छ , स्टक एक्सचेञ्जले धितोपत्रको दोस्रो बजार कारोबार स्थान उपलब्ध गराउने हो यो कहाँ छ कतिओटा छ भन्नेसँगै सरोकार राखिदैन ।

हाल सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थामध्ये नेप्से उत्कृष्ण संस्था रहेको दाबी युनियनले गरेको छ । यो सरकारको बहुमूल्य सम्पत्तिको रुपमा रहेको नेप्सेमा सरकारलाई बर्षेनी ५० देखि १६७ प्रतिशतसम्म नगद लाभांश दिर्दै आएको समेत युनियनले विज्ञप्तीमा उल्लेख गरेको छ ।

अहिले नेप्सेमा २४० कम्पनीहरू सूचीकृत रहेको छ । निरन्तर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत कम्पनी लगाएतका सूचीकृत कम्पनीको मर्जर र प्राप्तीका कारण यो संख्या घट्दो क्रममा छ । यो अवस्थामा १०० ओटा सूचीकृत कम्पनी लिएर दुई ओटा स्टक एक्सचेञ्ज चल्न सक्छ ? भन्ने प्रश्न युनियनले गरेको छ । 

एकिकृत हुनुपर्ने पूँजीबजार खण्डिकरणतर्फ जाँदा वित्तीय औजारहरूको मूल्य निर्धारण, जोखिम व्यवस्थापन, पूँजी परिचालन, संस्थागत सुशासन जस्ता स्टक एक्सचेञ्ज सञ्चालनका मूल उदेश्यमा असर पर्ने धारणा युनियनले राखेको छ ।

नेप्सेलाई टाट पल्टाएर कवाडी सामाग्रीको मूल्यमा विलय गराउने स्वाथी समूहको उदेश्य रहेको आरोप युनियनको छ । नियामक निकायका केहि वरिष्ट पात्रहरु धनाढ्य व्यापारिहरूको प्रभावमा परेर नेप्सेको अर्वौको सरकारी सम्पत्तिलाई कौडीको भाउमा सकाउने बाटोमा हिडेको आरोप समेत युनियनको छ । 

नेप्सेको पुनसंरचना गर्नुपर्नेभन्दै युनियनले यसका लागि रणनैतिक विदेशी साझेदार ल्याउनुपर्ने जसले गर्दा अन्तराष्ट्रिय पूँजी, प्रविधि, नविन व्यवस्थापन विभित्रे विश्वास लिएको छ ।

धितोपत्र सम्बन्धी उपकरणहरूको विविधिकरण गर्ने, डेरिभेटिभ साथै कमोडिटिज मार्केटको विकास गर्ने, एसएमई कम्पनीको समेत सूचीकरण गर्नुपर्ने, बैंकल्पिक लगानीकोषहरू जस्तै प्राइभेट इक्वीटी तथा भेञ्चर क्यापिटल र हेज फण्ड को विकास गर्ने तथा गैरआवासिय नेपाली र विदेशी संस्थागत लगानीकर्ता भित्र्याउने अबको बाटोलाई समेत युनियनले विज्ञप्तीमा उल्लेख गरेको छ ।