शीर्षकहरू

एआइजीपी धानुक र मातहत कार्यालयका प्रहरी अधिकृतबीच कार्यसम्पादन सम्झौता

एआइजीपी धानुक र मातहत कार्यालयका प्रहरी अधिकृतबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) रवीन्द्रबहादुर धानुक र मातहतका कार्यालय प्रमुखबीच वार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन  ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र काठमाडौँ प्रहरी अतिरिक्त महानिरीक्षक धानुकबीच गत साउन २५ गते वार्षिक कार्य सम्पादन सम्झौता भएअनुसार आज एक समारोहका बीच उपत्यका प्रहरी कार्यालय मातहत कार्यालयका प्रमुखले उहाँसँग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौतापत्रमा प्रहरी अतिरिक्त महानिरीक्षक धानुक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञावली, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरी छन् । 

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहरा, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख यज्ञविनोद पोखरेल र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक प्रजित केसीबीच हस्ताक्षर भएको थियो । 

प्रहरी अतिरिक्त महानिरीक्षक धानुकले सम्झौतापत्रमा उल्लेख भएका कार्यहरू अक्षरस पालना गरी कार्यान्वयन गर्न मातहत कार्यालयका प्रमुखलाई निर्देशन दिनुभएको छ । उहाँले आफ्नो मातहतलाई परिचालन, उत्प्रेरित गर्न एवं नियमित, अनुगमन र सुपरिवेक्षण गर्नसमेत उपस्थित प्रहरी अधिकृतलाई निर्देशन दिए ।

अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापनलगायत प्रहरीका कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन साथै प्रहरी कर्मचारीको व्यवस्थापन र क्षमता अभिवृद्धि गर्ने र प्रशासनिक काम कारबाहीलाई चुस्त र प्रभावकारी बनाउन पनि उहाँले सबै अधिकृतहरुलाई आग्रह गरे ।