शीर्षकहरू

एभरेष्ट इन्स्योरेन्सले नाफामा १० प्रतिशत बढ्यो

एभरेष्ट इन्स्योरेन्सले नाफामा १० प्रतिशत बढ्यो

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आव २०७५/७६ को लेखा परिक्षण नभएको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले अघिल्लो आव २०७४÷०७५ को चौथो त्रैमासको तुलनामा गत आवमा १० दशमलव ६५ प्रतिशत बढी नाफा कमाएको छ । कम्पनीले गत आवको सो अवधिमा ६ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

कम्पनीले अघिल्लो आवमा  ११ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ८१ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले असार मसान्तसम्ममा ६६ करोड ७५ लाख रुपैयाँ कुल आय गर्दा ५८ करोड २६ लाख रुपैयाँ  खर्च गरेको छ । 

कम्पनीको चुक्तापूँजी अघिल्लो आवको तुलनामा गत आवको चौथो त्रैमासमा ७ दशमलव ८ गुणा बढेर  १ अर्ब ४ करोड २९ लाख रुपैयाँ पुगेको छ । गत आवको चौथो त्रैमासमा कम्पनीले जगेडा कोषमा १४ करोड ११ लाख रुपैयाँ जम्मा गरेको छ । कम्पनीको कुल दाबि भुक्तानी रकम अघिल्लो आवको तुलनामा करीब ३ गुणा बढेर ३४ करोड ३९ लाख  रुपैयाँ  पुगेको छ । 

समीक्षा अवधिसम्म कम्पनीको भुक्तानी हुँन बाँकी रकम  ९१ करोड १३ लाख रुपैयाँ  रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी  ५ दशमलव ८३ प्रतिशत रहेको छ भने मूल्य आम्दानी अनुपात ६२ दशमलव ६१ गुणा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ. १३५ दशमलव ३३ प्रतिशत रहेको छ ।