शीर्षकहरू

मुक्तिनाथ क्यापिटलको शतप्रतिशत हकप्रद शेयर भर्ने अवधि थप

मुक्तिनाथ क्यापिटलको शतप्रतिशत हकप्रद शेयर भर्ने अवधि थप

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले साउन १ गतेदेखि जारी गरेको शतप्रतिशत हकप्रद शेयर भर्ने अवधि थप भएका छ । यस अघि भदौ ५ गतेसम्मको मिति तय भएकोमा शेयरधनीहरूको अनुरोधमा भदौ १९ गतेसम्मको मिति तय भएको हो । 

क्यापिटलको २०७८ साल कात्तिक २३ गते सम्पन्न विशेष साधारण सभाबाट पारित भए बमोजिम साविक शेयरधनीहरूका लागि १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर विक्री खुला गरेको हो । 

हाल क्यापिटलको चुक्तापूँँजी रू. २० करोड २५ लाख रहेको छ । सोही पूँजीको आधारमा क्यापिटलले २० लाख २५ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । यो हकप्रद शेयर खरीदका लागि सम्बन्धीत शेयरधनीहरूले कम्पनीको केन्द्रिय कार्यालयमा सम्पर्क राख्नुपर्नेछ ।