शीर्षकहरू

साताको पहिलो दिनमै २७.९२ अंकले घट्यो नेप्से, कारोबार रकममा भने सामान्य सुधार

साताको पहिलो दिनमै २७.९२ अंकले घट्यो नेप्से, कारोबार रकममा भने सामान्य सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबार दिन आइतबार बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से २७.९२ अंकले घटेर दुई हजार १० दशमलब ०१ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से १९.०६ अंकले घटेर दुई हजार ३७ दशमलब ८३ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, शेयरबजार घटेपनि कारोबार रकम भने सामान्य रुपमा बढेको छ । आज नेप्सेमा एक अर्ब ८७ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । बिहिबार नेप्सेमा एक अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका कम्पनीमध्ये १८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको हो । आज यस कम्पनीको शेयरमूल्य ८.१० प्रतिशतले बढेर प्रतिकित्ता १५४.८० रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार आज गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्टिलरी कम्पनीको भएको छ । यसको आज १६ करोड ५३ लाख भन्दा बढीको कारोबार भएको छ ।