aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

यो ठाउँमा फोहोर फाल्ने को ? जरिवाना कसले तिर्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ साउन २०७९
यो ठाउँमा फोहोर फाल्ने को ? जरिवाना कसले तिर्छ ?
NIBL

काठमाडौं । सरकार र फोहोर फाल्ने क्षेत्रका वासिन्दाबीचको विवादका कारण विगत २ महिनादेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुन सकिरहेको छैन । शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच एक महिना पहिला सहमति भएपछि काठमाडौंको फोहोर व्यवस्थापन हुन थालेको थियो । तर, अहिले स्थानीय बासीन्दाले पुन अवरोध गरेपछि फोहोर उठ्न नसकेको हो ।

गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर ब्यवस्थापनमा समस्या आइरहेको छ । बञ्चरेडाँडाको ल्याडफिल साइटमा उपयुक्त विधिअनुसार फोहोर विसर्जन गर्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिका स्थानीयहरु सहमत भएका थिए ।

प्रतिक्रिया दिनुहोस