शीर्षकहरू

जनार्दन शर्मामाथिको जाँचबुझ प्रकरणः दरपिठ विरुद्ध अर्को मुद्दा हाल्ने

जनार्दन शर्मामाथिको जाँचबुझ प्रकरणः दरपिठ विरुद्ध अर्को मुद्दा हाल्ने

काठमाडौं । जनार्दन शर्मा विरुद्धको मुद्दा अनधिकृत व्यक्तिको प्रवेशबारे अनुसन्धान गर्न जाँचबुझ समिति गठनको माग गर्दै परेको निवेदन सर्वोच्च अदालतले दरपठिमा हालेको छ ।  उक्त दरपीठका विरुद्धमा पुन मुद्दा दर्ता गर्ने उपभोक्ता हित संरक्षण मञ्चले जनाएको छ । 

मंगलबार परेकको निवेदन सर्वोच्च अदालतका कामु मुख्य रजिस्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ गरिदिएका थिए । जाँचबुझ आयोग गठन हुनुको साटो संसदीय विशेष समिति गठन हुनु गलत भएको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्च अदालतमा निवेदन दर्ता गर्न लागेको थियो ।

 उपभोक्ता हित संरक्षण मञ्चले सीसीटीभी फुटेज प्रकरणबारे छानबिन गर्न जाँचबुझ समिति गठन गर्न आदेश माग गर्दै निवेदन दिएको थियो ।उपभोक्ता हित संरक्षण मञ्चका अनुसार बुधबार पुन दरपीठ विरुद्धको निवेदन दर्ता गर्ने र निवेदन उपर एक न्यायाधीशको एकल इजलासले सुनुवाई पछि निवेदन दर्ता हुने बताएको छ ।