aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

दुई महिनादेखि दुबईमा अलपत्र शव दुर्गा प्रसाईंको पहलमा नेपाल आइपुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ साउन २०७९
दुई महिनादेखि दुबईमा अलपत्र शव दुर्गा प्रसाईंको पहलमा नेपाल आइपुग्यो
NIBL

काठमाडौं । खाडी मुलुक युनाइटेड अरब इमिरेट्सको दुबईमा दुई महिनादेखि अलपत्र रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ की २५ वर्षीय सुकमाया रानाको शव आज  नेपाल ल्याइएको छ । पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडका कार्यकारी निर्देशक एवं नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंको निजी खर्चमा उक्त शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो । 

रानाका आफन्त चेतन गुरुङले शव बुझेर आफूहरुले खर्च र कानुनी समस्याका कारण नेपाल ल्याउन नसकिएको शव प्रसाईंको पहलमा नेपाल ल्याउन सफल भएको बताए । मंगलबार पत्रकार सम्मेलन गरेर दुर्गा प्रसाईंले अर्को हप्ता चारवटा शव ल्याएर आफन्तलाई बुझाउने जानकारी समेत गराए ।

प्रतिक्रिया दिनुहोस