शीर्षकहरू

अमेजनलाई २०० करोड रुपैयाँबढी जरिवाना

अमेजनलाई २०० करोड रुपैयाँबढी जरिवाना

एजेन्सी । भारतको राष्ट्रिय कम्पनी कानून पुनरावेदन न्यायाधिकरणले सोमबार अमेरिकी ई–कमर्स कम्पनी अमेजनलाई ठूलो झट्का दिएको छ । भारतको ट्रिब्युनल (एनसीएलएटी) ले अमेजन–फ्यूचर सम्झौताको बारेमा आफ्नो आदेश जारी गरेको छ । (एनसीएलएटी) ले यस मामिलामा अमेरिकी ई–कमर्स कम्पनीलाई ४५ दिनभित्र २०० करोड रुपैयाँ जरिवाना बुझाउन भनेको छ । एनसीएलटीले भन्यो कि यसको काउन्टडाउन आजबाट सुरु भएको छ ।

यससँगै एनसीएलएटीले भारतको प्रतिस्पर्धा आयोग (सीसीआई) को सन् २०१९ मा अमेजन र फ्युचर ग्रुपबीचको लगानी सम्झौता निलम्बन गरेको आदेशलाई पनि समर्थन गरेको छ । एनसीएलटीले सीसीआइइो आदेशलाई समर्थन गरेको छ ।  

अमेजनका रिटेल स्टोर चेन बिग बजार, फ्युचर ग्रुपको कम्पनी फ्युचर रिटेल लिमिटेड (एफआरएल), सीसीआईले पनि अमेजनले सूचना लुकाएको भन्दै सम्बन्धित लगानी सम्झौता स्थगित गरेको छ ।