शीर्षकहरू

निम्न माध्यमिक तहको शिक्षक लाइसेन्स खुल्यो, अनलाइनबाट आवेदन दिन सकिने

निम्न माध्यमिक तहको शिक्षक लाइसेन्स खुल्यो, अनलाइनबाट आवेदन दिन सकिने

काठमाडौं । निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि अनलाइन आवेदन खुलेको छ । शिक्षक सेवा आयोगले जेठ ९ गते सोमबार एक सूचना जारी गर्दै २०७९ का लागि निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन आह्वान गरेको हो । 

तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका उम्मेदवारले आज (जेठ ९ गते) देखि असार ७ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुरको हकमा असार १४ गतेसम्म आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

त्यसैगरी उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत सम्पूर्ण विवरणहरू भरी नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, दस्तखत नमुना, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्क पत्र, तालिमको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र स्क्यान गरी दरखास्त पेस गर्नुपर्नेछ ।