शीर्षकहरू

मधेश प्रदेशका पूर्वप्रदेश प्रमुखले गरे मतदान

मधेश प्रदेशका पूर्वप्रदेश प्रमुखले गरे मतदान

रौतहट । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख, राजनीतिक विश्लेषक एवं मधेश मामिला जानकार डा. राजेश अहिराजले घण्टौं लाइनमा बसेर आफ्नो मताधिकार प्रयोग गरेका छन् । डा. अहिजारज आफ्नो गृहनगर रौतहट जिल्लाको गढीमाइ नगरपालिका वडा नं. ४ स्थित गढिमाइ आधारभुत प्राथमिक विद्यालय सुन्दरपुरमा रहेको मतदान केन्द्रमा सर्वसाधारणकै लाइनमा बसेर मतदान गरेका छन् ।

शुक्रबार करिब दुई घण्टा लाइनमा उभिएर उनले सर्वसाधारणझै मतदान गरेका हुन् । लाइनमा उभिएका पूर्वप्रदेश प्रमुख डा।अहिराजले सञ्चारकर्मीको जिज्ञासामा भिआइपि लाइनमा नबस्ने बताउँदै यो राम्रो अभ्यास नरहेको प्रतिक्रिया दिए । पूर्वप्रदेश प्रमुख डा. अहिराज आफू कक्षा ५ सम्म पढेको प्राथमिक विद्यालयबाट आफ्नो मताधिकारको प्रयोग गर्दै मतदान गरेका हुन् ।