शीर्षकहरू

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने दिने निर्णय गरेको हो ।  

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अगामी जेठ १ गतेदेखि लागू हुनेगरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका हुन् । त्यस्तै, मन्त्री कार्कीले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको समेत जानकारी दिए ।

मन्त्री कार्कीले भने, ‘हाललाई परिक्षणकोरुपमा २०७९ जेठ १ गतेदेखि लागु हुनेगरि बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद् बैठकमा निर्णय भएको छ ।’   

यस्ता छन् अन्य निर्णयहरु ​