शीर्षकहरू

कैलालीका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा

कैलालीका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साज जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले कैलालीका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सहित जना विरुद्ध मुद्दा दायर गरेको हो । 

आयोगका अनुसार कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देवराज जोशी तथा इन्जिनियर, सव–इन्जिनियरसमेत ७ जनाले गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेका हुन् । उनीहरु विरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार सम्बन्धी आरोप–पत्र दायर गरिएको हो । 

उनीहरुले विभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडकका ठेक्काहरुमा भुक्तान भएको परिमाणको स्थलगत निरीक्षणमा स्थानीय जनप्रतिनिधी, सम्बन्धित निर्माण व्यवसायी र ठेक्का कार्यान्वयन गराउने नगरपालिकाका प्राबिधिकहरुको उपस्थितिमा गुणस्तर परीक्षण नतिजा बाहेक खुद नापजाँचबाट निर्धारित शर्त तथा मापदण्डविपरीत निर्माण कार्य गराएका थिए । यसबारे अनुसन्धान हुँदा प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देव राज जोशीले प्राबिधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाई हानिनोक्सानीमा संलग्न रहेको पाईएको छ ।  

इन्जिनियर र सबइन्जिनियरले गुणस्तरहीन कार्य गराई, नापी किताबमा वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी मूल्याङ्कन गरेको, साथै निर्माण व्यवसायीले गुणस्तरहीन कार्य गरी बढी भुक्तानी लिई नेपाल सरकारलाई हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको देखिन आएको आयोगको भनाई छ ।