शीर्षकहरू

प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा शुक्रबार

प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा शुक्रबार

काठमाडौं । प्रभु इन्स्योरेन्सले शुक्रबार २३ औं वार्षिक साधारणसभा गर्ने भएको छ । आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पारित गत वर्षको लागि लेखा परिक्षक नियुक्ती लगाएतको प्रस्ताव सभाको लागि तय भएको हो । सभामा कम्पनीले लाभांशको प्रस्ताव छैन् ।

सभा विहान ११ बजे प्रभु कम्प्लेक्स , तिनकुनेमा सुरु हुने जनाएको छ । सभा प्रयोजनका लागि कम्पनीले साउन ३ गतेदेखि बुक क्लोज गरेको छ ।  साउन २ गतेसम्म कायम शेयरधनीहरुमात्र सभामा भाग लिन सक्नेछन् । प्रभु इन्स्योरेन्सले भने बीमा समितिले तोके बमाजिमको चुक्तापूँजी कायम गरिसकेको छ । कम्पनीको १ अर्ब ५० लाख ७६ हजार रुपैयाँ चुक्तापूँजी रहेको छ ।