शीर्षकहरू

सरुवा भए नेपाल प्रहरीका १८ जना एसपी

सरुवा भए नेपाल प्रहरीका १८ जना एसपी

काठमाडौं । प्रहारी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभागले एकै पटक नेपाल प्रहरीमा १८ जना प्रहरी उपरीक्षक(एसपी)हरुको सरुवा गरिएको जनाएको छ प्रहारी प्रधान कार्यालयले एक सूचना जारी गर्दै नेपाल प्रहरीका १८ जना प्रहरी एसपीहरुको सरुवा गरिएको जनाएको हो ।  

सूचनामा भनिएको छ, ‘प्रहरी महानिरीक्षकको मिति २०७८ फागुन ८ गतेको निर्णयअनुसार मिति २०७८ फागुन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि निम्न प्रहरी उपरीक्षकहरुलाई देहाय बमोजिम सरुवा गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिनु हुन अनुरोध गरिएको छ ।’ 

काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा रानीपोखरीका प्रहरी उपरीक्षक कमल थापा केनद्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौं पिलर ८ सूचना केन्द्र, विश्लेषण र अभिलेख व्यवस्थापन शाखामा सरुवा भएका छन् । त्यस्तै, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज काठमाडौं पिलर ८ सूचना संकलन विश्लेषण र अभिलेख व्यवस्थापन शाखाका गंगा पन्त काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा रानी पोखरीमा सरुवा भएका छन् । 

हेर्नुहोस्, अन्य को कहाँ पुगे ?