शीर्षकहरू

नागरिक लगानीकोषको ५० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणले किन्न सक्ने

नागरिक लगानीकोषको ५० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणले किन्न सक्ने

काठमाडौं । नागरिक लगानीकोषको ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । जेठ १३ गतेदेखि कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । 

प्रतिकित्ता ७५८ रूपैयाँ तोकिएको यी शेयर खरीदका लागि जेठ २० गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्न सकिनेछ । यी शेयर बाँडफाँटमा प्राप्त शेयरधनीहरूले कम्पनीद्वारा जेठ १३ गतेपछि घोषणा हुने लाभांश तथा हकप्रद समेत प्राप्त गर्न योग्य हुने जानकारी समेत कम्पनीले दिएको छ ।

यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकको केन्द्रिय कार्यालय थापाथली, काठमाडौंसँगै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथाली, काठमाडौं, शाखा कार्यालय विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन प्राप्त गर्न र बुझाउन सकिनेछ ।