काठमाडौं । राधि विद्युत कम्पनीले शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश शेयरलगानीकर्ताको खातामा जम्मा गर्ने भएको छ । कम्पनीको उक्त बोनस शेयर महालक्ष्मी विकास बैंकको आइपिएस मार्फत भुक्तानी गर्ने भएको हो ।
कम्पनीको १३ औं सभाले पारित गरेको उक्त लाभांश बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुलाई साउन १८ गतेदेखि वितरण गर्ने लागेको छ । हालसम्म बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुले लाभांश पाउनको लागि अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ । कम्पनीको सभाले पारित गरेको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकरण भएपछि हितग्राही खाता जम्मा हुनेछ ।