शीर्षकहरू

शेयर प्रिमियममा कर्पोरेट कर अध्ययन प्रतिवेदनः  शेयर प्रिमियम कर्पोरेट शब्द हो , कर शब्द होइन(रिपोर्ट सहित)

शेयर प्रिमियममा कर्पोरेट कर अध्ययन प्रतिवेदनः  शेयर प्रिमियम कर्पोरेट शब्द हो , कर शब्द होइन(रिपोर्ट सहित)

काठमाडौं । शेयर प्रिमियमबाट बोनस शेयर जारी गर्ने निकायलाई आयकरको प्रभाबका सम्बन्धमा तयार गरीएको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।  नेपाल चार्टर्ड एकाउण्टेण्टस् संघले तयार पारेको अध्ययन प्रतिवेदनमा आएको निष्कर्षमा शेयर प्रिमियम कर्पोरेट शव्द हो कर शव्द होइन भन्ने उल्लेख गरेको छ । उक्त अध्ययन प्रतिवेदनले करमा यो ‘पूँजी योगदान’ मा समावेश हुन्छ भन्ने देखाएको छ । मुनाफाबाट शेयर प्रिमियममा थपिएमा (पूँजिकरण गरिएमा) त्यो लाभांस हुने प्रतिवेदनको निकर्ष रहेको छ ।

शेयर प्रिमियमबाट बोनस शेयर जारी गर्ने गरी पूँजिकरण गरिएमा कर लेखाङ्कनका लागि त्यो‘पूँजी योगदान’ बाट ‘पूँजी योगदान’ भैरहन्छ अर्थात कर लेखाङ्कनको कारोवार नहुने उक्त प्रतिवेदनले देखाएको छ । कर लेखाङ्कनमा असरै नगर्नेहुनाले कर लाग्ने वा नलाग्ने विषय नै नहुने नेपाल चार्टर्ड एकाउण्टेण्टस् संघको प्रतिवेदनमा उल्लेख छ ।  

कुनै पनि लाभ नहुने भएकाले निकायलाई कर लगाउनु न्यायोचित नहुने प्रतिवदेनमा उल्लेख गरिएको छ ।  यसका साथै यस्तो अवस्थाबाट एक व्यक्तिबाट अर्को व्यक्तिलाई लाभ हस्तान्तरण हुने अवस्थामा कर लगाउने कानूनको हालको मौजदा आयकर कानून नै नरहेको समेत प्रतिवेदनमा उल्लेख गरेको छ । 

शेयर प्रिमियमबाट बोनस शेयर जारी गर्ने गरी पूँजिकरण गरिएमा उक्त कारोवार आयकर ऐनको दफा ५६(३) ले कल्पना गरेको लाभांशको रुपमा मनाफा बाहेकको लाभांश वितरण नहूने हुदा निकायलाई आयकर  ऐनको २०५८ अन्तर्गत यस विषयमा कर लाग्ने कुनै अन्य त्यस्तो दफा भेटिएन पनि संघको प्रतिवेदनमा उल्लेख छ । 

मुनाफाको परिभाषाभित्र एफपीओको प्रिमियम लगायतका हिताधिकारीले गरेका योगदानहरु नपरेको कारणले, एफपीओको प्रिमियमबाट वितरण गरेको लाभांश (बोनश शेयर) आयकर प्रयाजनको लागि लाभांश वितरण  नभएको अध्ययनले देखाएको छ ।  

उक्त अध्ययनमा दफा ५६(३) को व्यवस्था अनुसार कुनै निकायले कुनै हिताधिकारीलाई लाभांशको रुपमा मुनाफा बाहेकको लाभांश वितरण गरेमा त्यस्तो लाभांशको रकमलाई सो निकायको आय गणना गर्दा समावेश गर्नु पर्ने भनेर उल्लेख गरेको छ ।  विश्लेषणले सो बोनश शेयर वितरणलाई आयकर प्रयोजनको लागि लाभांश वितरण नै मान्न नमिल्ने देखिएकाले सो रकमलाई दफा ५६(३) अनुसार आयमा समते समावेश गर्नुपर्ने आधार नदेखिएको संघले गरेको अध्ययनमा देखिएको छ । 

आयकर निर्देशिका (संशोधन सहित) २०६६ कोपरिच्छेद १३ कोबँदा नं. १३.९ मा मुनाफा बाहके को वितरणको रूपमा शेयर प्रिमियमबाट बोनस शेयर वितरण भएमा सोलाई सोही ऐनको दफा ५३(१) (क) अनुसार निकायबाट हुने वितरण मानी अन्तिम रूपमा कर कट्टी विधिमा कर लाग्ने उल्लेख गरेको छ । 

प्रिमियम शेयरमा कर विवादः कुन आयकर ऐनलाई आधार मान्ने ?