शीर्षकहरू

आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा

काठमाडौं । गृह मन्त्रालयले आइतबार सार्वजनिक बिदा दिने जनाएको छ । मन्त्रालयका उपसचिव बसन्त भट्टराईले पौष ४ गते आइतबार उधौली पर्व, योमरी पुन्ही–ज्यापुर दिवसका अवसरमा सार्वजनिक बिदा दिइने भएको जनाएका हुन् ।  

गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ– विं स. २०७८ साल पौष ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रीपरिषद्बाट बिहिबार निर्णय भएको हुँदा सम्बन्धीत सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।