शीर्षकहरू

चौधरी ग्रुप आगलागीबाट भएको क्षतिको विवरण कुर्दै, विद्युत सर्टबाट आगलागी

चौधरी ग्रुप आगलागीबाट भएको क्षतिको विवरण कुर्दै, विद्युत सर्टबाट आगलागी

काठमाडौं । बुधबार पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीमा रहेको चौधरी ग्रुपको औधोगिक ग्राममा रहेको सीजी ब्रुअरीमा आगलागी भएको थियो । विहान ८ बजेदेखि सीजी ब्रुअरीको स्टोरबाट शुरु भएको आगलागी १० घण्टापछि भवन नै भत्काएपछि नियन्त्रणमा आयो । 

करिब ८ वटा दमकल,नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आगो नियन्त्रण गर्यो । बुधबार नै सीजी ग्रुपका अध्यक्ष विनोद चौधरी सहितको सिजीको उच्च तहका कर्मचारीहरु दुम्कौली पुगेका थिए । पूर्वीनवलपरासी प्रहरी कार्यालयका इन्पेक्टर नविनकुमार थापाले आगलागी वियर फ्याक्ट्रिको खाली कार्टुन राख्ने गोदाममा विद्युत सर्ट भएर भएको सीजी ग्रुपका उच्च अधिकारीले बताएको आर्थिक न्युजडटकमलाई बताएका छन् । 

क्षतिको विवरण संकलनका लागि बीमा कम्पनीको सर्भेयर समेत बुधबार नै फिल्डमा पुगेर क्षतिको विवरण तयार गर्नका लागि आवश्यक पर्ने तथ्यांकहरु संकलन गरेर काठमाडौं फर्किएको सिजी ब्रुअरीका म्यानेजर रामभक्त केसीले बताए । विवरण तयार हुन समय लाग्ने उनले बताए । प्रारम्भिक विवरण पनि उतैबाट तयार गरेर पठाउने कुरा भएको उनले बताए । उता, प्रहरी कार्यालयले पनि आगलागीबाट भएको क्षतिको विवरण तयार पार्न नपाएको इन्पेन्टर थापा बताउँछन् ।

प्रहरी अधिकृत भन्छन्, ‘ठूलो उद्योगमा भएको आगलागी हुर्दा धेरै क्षति भएको देखिन्छ छ । तयारी बियर, कार्टुन, बियर बनाउने कच्चापदार्थ ,कारखानको इन्जिनियरिङ विभाग, गोदाम, कार्टुन गोदाम र कार्यालय जलेर नष्ट भएको छ । क्षतिको विवरणका लागि हाम्रो बलबुताले मात्र भ्याउने होइन । हामी पनि क्षतिको विवरणको प्रतिक्षामा छौं । त्यसपछि मात्र सीजी उद्योगमा भएको आगलागीको  सम्पूर्ण विवरण सहित फाइल तयार गर्छौ ।’