शीर्षकहरू

‘कुन गाडी कति बेला कहाँ पुगेको हुन्छ थाह नै हुँदैन ’, मन्त्रीले गाडी जंगलमै छोड्दिन्छन्

‘कुन गाडी कति बेला कहाँ पुगेको हुन्छ थाह नै हुँदैन ’, मन्त्रीले गाडी जंगलमै छोड्दिन्छन्

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनामा देशका ठूलाठालु एवम् सरकारी निकायबाट नै दोहन भइरहेको तथ्य फेला परेको छ । मेलम्ची खानेपानी विकास समिति आयोजनाको नाममा रहेका १७ वटा सवारी साधन प्रधानमन्त्री कार्यालयदेखि नेपाली सेनासम्मले दुरुपयोग गरेको तथ्य आर्थिकन्युज डटकमले फेला पारेको छ । 

आयोजनाले १७ वटा टोयोटा कम्पनीका महँगा सवारी साधन खरिद गरी विभिन्न अन्य निकायलाई दिएको छ । तर, ती सवारी साधन मेलम्ची खानेपानी विकास समितिको कोषबाट खरिद गरिएका हुन् । आयोजनाले खरिद गरेका ती सवारी साधनको  अवस्था के भन्ने आयोजनालाई नै  थाहा छैन । देहायका कार्यालयलाई स्वामित्व हस्तान्तरण गरी  कार्यालयले सवारी साधनको जिन्सी आम्दानी जनाएको प्रमाण पेस गर्नुपर्छ  । तर,  मेलम्चीको नाममा रहेका १७ वटा गाडी विभिन्न व्यक्ति तथा निकाय लिएर गएपछि फिर्ता नगरेको देखिएको छ । 

मेलम्चीका गाडी चलाउनेमा प्रधानमन्त्री कार्यालय २ वटा, खानेपानी मन्त्रालय, खानेपानीमन्त्री, शहरी विकास मन्त्रालयले ३ वटा लगेकोमा २ वटा फिर्ता, खानेपानी तथा ढल निकास विभाग एउटा, क्षेत्रीय प्रशासन कार्यालय हेटौडा एउटा, काठमाडौं उपत्यका विकास प्राधिकरण एउटा, आर्मी मेलम्ची  क्याम्प एउटा, सशस्त्र प्रहरी मेलम्ची क्याम्प एउटा, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड एउटा रहेका छन् ।

मेलम्चीको लागि किनेका अधिकांश गाडीको सरकारी र निजी दुई वटा नम्बर रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा लगिएका टोयटा प्राडो जिप (सरकारी नम्बर (बा १ झ ८७५९) निजी नम्बर (बा ९च ६७८५) र बा १ झ ८९९५ ( निजी नम्बर बा ८ च ६७६१) र बा १ झ ८९९५ (बा ८ च ६७६१)रहेका छन् । मेलम्ची खानेपानी विकास समितिका सिनियर इन्जिनियर तथा प्रवक्ता राजेन्द्रप्रसाद पन्तले यी गाडी फिर्ताको लागि बाम्बार पत्र समेत लेखेको बताए । 

शहरी विकास मन्त्रालयले लगेका टोयटा प्राडो जिप बा १ झ ८९९४ (बा ८ च ६७६०), बा ४ च १५०१ र टोयटा मारुती कार बा १ झ ७१९४ थिए । तर, यसमध्ये कुन–कुन फिर्ता आयो भने भन्न नसकिने पन्तले बताए । उनले भने–‘कुन गाडी कति बेला कहाँ पुगेको हुन्छ थाह नै हुँदैन ।’

त्यस्तै, खानेपानी मन्त्रालय, मन्त्री तथा राज्यमन्त्रीका नाममा टोयटा प्राडो जिप बा १ झ ८७६१ नम्बर, टोयटा मारुती कार बा १ झ ७१९४ को गाडी लगेर फिर्ता दिइएको छैन । शहरी विकास मन्त्रालयलले तीन वटा गाडी लगेकोमा बाम्बार पत्र लेखेका कारण २ वटा फिर्ता आएको प्रवक्ता पन्तले आर्थिकन्युज डटकमलाई बताए । शहरी विकास मन्त्रालयले लगेका टोयटा प्राडो जिप बा १ झ ८९९४ (बा ८ च ६७६०), बा ४ च १५०१ र टोयटा मारुती कार बा १ झ ७१९४ थिए । तर, यसमध्ये कुन–कुन फिर्ता आयो भने भन्न नसकिने पन्तले बताए । उनले भने–‘कुन गाडी कति बेला कहाँ पुगेको हुन्छ थाह नै हुँदैन ।’

त्यस्तै मेलम्चीको गाडीमा रजाइ गर्नेमा खानेपानी तथा ढल निकास विभाग पनि उत्तिकै हिस्सेदारमा परेको छ । विभागले टोयटा ल्यान्डक्रुजर जिप बा १ झ ६६०६ (बा ४ च  ६६६१) लगेको वर्षौ भइसक्यो तर फर्काउने कुनै तयारी छैन । 

नेपाली सेनाको मेलम्चीस्थित क्याम्पले समेत आयोजनाको सुरक्षा गर्न मेलम्चीकै गाडी चढिरहको  भेटिएको छ । आर्मीले बा १ झ ८७७० को टोयटा हाइलक्स पिकअप गाडी आफ्नो बनाएको छ ।

त्यस्तैगरी काठमाडांै उपत्यका विकास प्राधिकरणले समेत बा १ झ ८७६३ को टोयटा प्राडो जिप लगेर हालसम्म पनि फिर्ता गरेको छैन । त्यस्तै मेलम्चीको नाममा रहेको गाडी मेरै त होनी भनेर काठमाडांै उपत्यका खानेपानी व्यवस्थापन बोर्डले समेत बा १ झ ५१८४ (बा ४ च ७७३३) को टोयोटा कोरोला गाडीमा निजी नम्बर प्लेट हालेर हाकिमहरु सयर गरिहेका छन् । 

नेपाली सेनाको मेलम्चीस्थित क्याम्पले समेत आयोजनाको सुरक्षा गर्न मेलम्चीकै गाडी चढिरहको  भेटिएको छ । आर्मीले बा १ झ ८७७० को टोयटा हाइलक्स पिकअप गाडी आफ्नो बनाएको छ । सोही स्थानमा सुरक्षा दिइरहेको सशस्त्र प्रहरीको मेलम्ची क्याम्प पनि के कम उसले पनि मेलम्चीकै बा १ झ ७१११को निसान पिकअपमा सरर गुडिरहेको छ । 

त्यसो त मेलम्चीको गाडीमा सरकारी निकाय मात्र होइन पूर्वमन्त्रीले समेत चलाएर बाटोमा नै फालेको समेत घटना मेलम्चीमा देखिएयो । पूर्वराज्यमन्त्री सञ्जय साहले आफू मन्त्रीबाट बाहिरिएपछि मेलम्चीको बा ४ च १५०३ को टोयटा प्राडो जिप चढेर जाँदा हेटौडाको जंगलमा बिग्रेपछि सोही स्थानमा छोडेर गएका थिए । उक्त गाडी मेलम्चीको भएको थाहा पाएपछि क्षेत्रीय प्रशासन कार्यालय हेटौडाले मेलम्चीलाई फिर्ता गर्नको सट्टा आफैले चलाइरहेको छ ।  

समितिका प्रवक्ता पन्तका अनुसार हाल समितिमा चल्न मिल्ने र नमिल्ने गरेर ६० वटा गाडी रहेको छन् । यी गाडी कुन बिग्रिन्छ र स्टोरमा थन्छि र कुन गाडी कसले लाग्छ ठेगान नै नहुने उनी बताउछन् ।