शीर्षकहरू

यसरी घटाउन सकिन्छ महँगीले बढाएको चिन्ता

यसरी घटाउन सकिन्छ महँगीले बढाएको चिन्ता

अहिले बजार भाउ मानिस अत्त्याउने गरी आकासिएको छ । यसको प्रत्यक्ष मारमा गृहणीहरु परेका छन् । किनकि घरको दैनिक खर्च धान्ने र चुलो बाल्ने जिम्मा उनीहरूमा नै छ । त्यसैले बढ्दो महँगीमा कसरी सीमित आयबाट आवश्यकताहरू पुरा गर्ने भन्ने केही व्यावहारिक उपाय यहाँ प्रस्तुत गरिएको छ । 

तलका बुँदाहरूमा उल्लेखित विधि अपनाउने हो भने अवश्य पनि सानो परिवार चलाउन ऋण नै खोज्नुपर्ने बाध्यता सिर्जना नहुन सक्छ । चाहे बजार भाउ नै बढेको किन नहोस् । 

१. चिया कफी जस्ता वस्तुहरू घरमा नै तयार गर्नेः

सामान्यतयाः हामीहरू चिया स–साना प्याकेटहरू किन्ने गर्छौ । जसले गर्दा थोरे परिमाणको चियाको रङ्ग किन्नसमेत हामी ठुलो रकम खर्चिरहेका हुन्छौं । तर, यदि बजारमा गएर खुल्ला चिया पत्ति जोखेर किन्ने हो भने त्यो सस्तो मात्र पर्दैन कि तपाइले चियाको गुणस्तरमा आश्वस्त भएर खरिद गर्ने अवसर समेत पाउनु हुन्छ । त्यसैगरि, कफिका पारखीहरूले हरियो कफी किनेर घरमा नै त्यसलाई भुट्ने (रोष्ट गर्ने) हो भने त्यो बजारमा किन्ने तयारी कफी भन्दा धेरै नै सस्तो पर्न जान्छ । 

२. खाद्यान्न तथा गेडागुडी एकै पटक खरिद गर्नेः

हामी तुरुन्तै जति आवश्यक पर्‍यो त्यति मात्रै खाद्यान्न गेडागुडी तथा खानेतेलहरु खरिद गर्ने गछौं । जसले गर्दा यस्ता वस्तुहरूको मूलयमा आउने उत्तर चढावहरूको प्रत्यक्ष मार हामीमा पर्छ । तर, यदि केही महिनालाई पुग्ने दाल, चामल, गेडागुडी, पिठो तथा खाने तेल एकै पटक किनेर राख्ने हो भने त्यसको बजार मूल्य बढ्दासमेत तुरुन्तै असर गर्दैन । यसरी केही बढी मात्रामा किन्दा होलसेल मूल्यमा पाइने छुट त छदै छ । 

३. कौसी खेती जस्ता विधिबाट घरमै तरकारी फलाउनेः

हामी केही स–साने वस्तुको खरिदमा समेत ठुलो रकम खर्चिरहेका हुन्छौं । जस्तो की एउटा गमलामा धनियाँ उमार्ने हो भने त्यसले परिवारलाई पुग्नेगरि धनियाँको साग आपूर्ति गर्न सक्छ । तर, केही त्यान्द्रा धनियाँको सागको लागि समेत हामी पैसा तिरिरहेका हुन्छौं । जसबाट सजिलै पैसा जोगाउन सकिन्छ । फराकिलो कौसी हुनेले त एउटा परिवारलाई पुग्ने तरकारी त कौसीमा नै सजिलै फलाउन सक्छ । यसका लागि धेरै मेहनत पनि पर्दैन । 

४. घरमा बिजुलीको खर्च घटाउनेः 

हामी हिसाब गरिरहेका हुँदैंनौं तर, साना साना कुराले नजानिँदो गरी खर्च बढाइरहेको हुन्छ । आफू कोठामा नहुँदा पनि बत्ती खुल्लै छोड्ने, बाथरुमको स्विच प्राय बन्द नै नगर्ने, टिभी खोलेर नहेरी बस्ने जस्ता कुराले बिजुलीको बिल बढाइरहेको हुन्छ । यी कुरामा थोरै मात्र ध्यान दिने हो भने पनि खर्च घट्छ ।  

त्यसबाहेक घरमा सामान्य बत्ती बाल्न पुग्नेगरि केही सानो खर्चमा नै सोलर प्यानल जडान गर्न सकिन्छ । त्यसो गर्दा केही ठुला ममोटरहरु र रेफ्रिजेनेटर चलाउने काममा मात्रै हामी बिजुली प्रयोग गर्न सक्छौँ । यसबाट उल्लेखनियरुपमा विद्युत खर्च घटाउन सकिन्छ । 

५. जारको पानी किन्नुको सट्टा घरमा नै फिल्टर राख्नेः 

हामी जारको महँगो पानी खरिद गरेर चलाइरहेका हुन्छौं । तर, यदि केही हजार एक पटक खर्च गरेर फिल्टर कनिने हो भने नियमितरुपमा जारको पानीमा हुने खर्च सधैका लागि हट्छ । 

यसबाहेक पार्लर जानुको सट्टा घरमै दाह्री काट्ने, कपाल बनाउने, मेकअप गर्ने जस्ता कामहरुबाट समेत मनग्य पैसा जोगाउन सकिन्छ । त्यसैगरि, समानहरु किन्दा कहाँ गिफ्ट भौचरहरु पाइन्छ त्यहाँ जाने, सस्तोमा राम्रो समान जहाँ पाइन्छ त्यहा जाने, आफ्नो गाडीको मोबिल घरमा नै परिवर्तन गर्ने, सम्भव छ भने कुखुरा पालेर घरमा नै अण्डा उत्पादन गर्ने, विभिन्न परिकार बाहिर नकिन्ने घरमै बनाउने जसका लागि इन्टरनेटबाट आवश्यक ज्ञान लिने गर्न सकिन्छ ।