शीर्षकहरू

मरिसस जाने कामदारले पैसा तिर्नु नपर्ने

मरिसस जाने कामदारले पैसा तिर्नु नपर्ने

काठमाडौं । नेपाल सरकार र मरिसस सरकारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको छ । कामदारको छनोट तथा भर्ना प्रक्रियामा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्ने गरी मरिसस नेपाली कामदार लैजान तयार भएको हो । 

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकी समारोहको अवसर पारेर स्विट्जरल्यान्डको जेनेभामा मंगलबार भएको सम्झदारीपत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मरिससका तर्फबाट श्रम, औद्योगिक सम्बन्ध रोजगार तथा तालिममन्त्री सुदेस एस क्यालिचर्नले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै होटल तथा आतिथ्य सत्कार र उत्पादनमूलक क्षेत्रमा नेपाली कामदारलाई मरिसस पठाउन सकिने सम्भावना रहेको मन्त्रालयले जनाएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।