शीर्षकहरू

भोलि र पर्सि कोरियन भाषा परीक्षा

भोलि र पर्सि कोरियन भाषा परीक्षा

काठमाडौं । शनिबार  र आइतबार  काठमाडौं, भक्तपुर, ललितपुर र पोखरामा कोरियन भाषा परीक्षाको तयारी पूरा भएको  वैदेशिक रोजगार विभागको इपीएस शाखाले जनाएको छ।
परीक्षा कक्षमा सीसी क्यामेराको  प्रयोग हुने, अमर्यादित कार्य गरेको पाइएमा  ३ वर्षसम्म  निलम्बन गर्ने इपीएस शाखाका प्रवक्ता शोभराज भण्डारी जानकारी  दिए। ईपीएस शाखाले भाषा परीक्षाका तीन जिल्लामा ३२ परीक्षा  केन्द्र तोकिएको छ। जसमध्ये काठमाडौंमा २१, ललितपुरमा सात र कास्कीमा चार परीक्षा केन्द्र रहेका छन् । गत वर्षभन्दा यो वर्ष धेरै आवेदन परेकाले चारवटा केन्द्र थपिएको ईपीएस कोरिया शाखाले जनाएको छ।यस वर्ष ९२ हजार दुई सय ५६ जनाले कोरियाली भाषा परीक्षाका लागि आवेदन दिएका छन्।
सबैभन्दा बढी उत्पादनतर्फ ६३ हजार चार सय ८७ जनाको आवेदन परेको छ भने कृषितर्फ २८ हजार आठ सय ८६ जनाको आवेदन परेको छ।
आवेदन दिनेमध्ये ७७ हजार तीन सय ९३ पुरुष र १४ हजार नौ सय ८३ महिला रहेका छन्। यो पटक आवेदन दिनेको  संख्या गत वर्षभन्दा १० हजार एक सय १२ बढी छ।