शीर्षकहरू

कतारले नेपालमै भिसा सेन्टर सञ्चालनमा गर्ने, कामदारलाई कुनै पनि शुल्‍क नलाग्‍ने

कतारले नेपालमै भिसा सेन्टर सञ्चालनमा गर्ने, कामदारलाई कुनै पनि शुल्‍क नलाग्‍ने

कतारले नेपाली कामदारलाइ छिटाे छरिताे भिसा उपलब्ध गराउन नेपालमा  भिसा सेन्टर सञ्चालनमा ल्याउने भएको छ । तर यसले मलेसियाको जस्तै सिन्डिकेट भित्र्याउने भन्दै केही म्यानपावर व्यवसायीले विरोध सुरु गरेका छन् । भिसा सेन्टर खोल्न अदृश्य शक्तिले काम गरेको आरोप लगाएका छन् ।

यसअघि श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले ‘कतार भिसा सेन्टर खोल्दा सिीन्डकेट कायम हुने र कामदार माथि विभिन्न बहाना बनाई  शुल्क अशुल्न सक्ने भन्दै विरोध जनाएका थिए ।

कतार सरकार र भिसा सेन्टर खोल्न लागि परेको बेलामा नेपाली व्यवसायीको दबावमा सरकारले भिसा सेन्टर खोल्न अनुमति दिएको छ । व्यवसायीले यसलाई राजनीतिक र नीतिगत रुपमा भएको चलेखेल भनेका छन् ।

बुधबारदेखिनै कतारले आफ्नो भिसा सेन्टर सञ्चालनमा ल्याई  कतार जाने कामदारको बायोमेट्रिक लिने र स्वास्थ्य परीक्षणलाई विश्वासनीय बनाउने गरी काम गर्ने बताइएको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले यस्तो सिन्डिकेट हुने गरी भिसा सेन्टर खोल्न सरकारले सहमति दिएको भन्दै राजीनामा घोषणा गरेका छन् ।

‘हाम्रो अथक प्रयासका बाबजुद पनि भिसा सेन्टर खुल्यो, त्यसैले संघमा रहिरन नैतिक संकट भयो, हिजो पनि माइग्रामका नाममा मलेसियाको सिन्डिकेट यसै गरी नेपाल भित्र्याइएको थियो । सुरुमा एक रुपैयाँ पनि शुल्क नलिने भन्दै भित्र्याएर पछि आर्थिक भार थोपार्ने पुरानो प्रवृत्ति हो,’ उनले भने,’यस्तो सिन्डिकेटविरुद्ध लडेका सरकारले अहिले केका आधारमा अनुमति दियो भन्ने प्रश्न जन्मिएको छ ।’

परराष्ट्र  मन्त्रालय स्रोतका अनुसार भिसा सेन्टरले विदेशिने कामदारसँग एक रुपैयाँ पनि शुल्क नलिने र कुनै प्रकारको सिन्डिकेट कायम नगर्ने प्रतिवद्धता गरेको छ । तर, व्यवसायीहरु भने सीमित व्यवसायीलाई मात्रै कतारमा कामदार आपूर्ति गर्न दिने योजनसहित यो सेन्टर खुलाइएको दावी गर्छन् ।

शुल्क तथा लागत रोजगारदाताले नै व्यहोर्ने र नेपाली कामदारलाई कुनै पनि शुल्‍क नलाग्‍ने, सुनिश्चित हुनेगरी कतार भिसा सेन्टर सम्वन्धी आवश्यक निर्णय प्रचलित कानून बमोजिम साधिकार निकायबाट नै हुनेजस्ता कुराहरू पत्रमा उल्लेख थियो । 

कतारले विभिन्न देशमा भिसा सेन्टर खोलेको छ । नेपालमा खोल्न एक वर्षदेखि उसले प्रयास गरेपनि कामदार मलेसिया पठाउने प्रक्रियामा लादिएको सिन्डिकेट विरुद्ध श्रममन्त्री गोकर्ण बिष्टले कडा कदम चालेपछि अन्योल भएको थियो ।

यदि सीमित मेडिकल सेन्टर र म्यानपावर  व्यवसायीलाई मात्रै कतारको कामदार आपूर्ति प्रक्रियामा राखेर सिन्डिकेट लादियो भने हामी कतारको दूतावास घेराउ गर्छौं,’ अध्यक्ष गुरुङले भने,’कामदार र व्यवसायीलाई एक रुपैयाँ पनि भार भिसा सेन्टरबाट पर्नु हुँदैन ।’

कतारले विभिन्न देशमा भिसा सेन्टर खोलेको छ । नेपालमा खोल्न एक वर्षदेखि उसले प्रयास गरेपनि कामदार मलेसिया पठाउने प्रक्रियामा लादिएको सिन्डिकेट विरुद्ध श्रममन्त्री गोकर्ण बिष्टले कडा कदम चालेपछि अन्योल भएको थियो ।


कतार दूतावासका एक अधिकारी भने यो सेन्टर कुनै सिन्डिकेट लाद्ने गरी नल्याएको बताउँछन् । कतार जाने नेपाली नागरिकका लागि सजिलो होस् भनेर एकै स्थानबाट सेवा दिने गरी सेन्टर सञ्चालनमा ल्याइएको उनको दावी छ ।