शीर्षकहरू

अर्थसम्बन्धी विधेयक  पारित

अर्थसम्बन्धी विधेयक  पारित

हेटौँडा । बाग्मती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७७ लाई बहुमतले पारित गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सोसम्बन्धी प्रस्ताव राखेको थियो । 

उक्त विधेयकमाथिको छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्यले  सरकारले प्रशासनिक खर्च कटाएर स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि सडक निर्माण र उपेक्षित वर्गलाई आत्मनिर्भर हुने कार्यक्रम  ल्याउन सरकारलाई सुझाव दिए । 

प्रदेशसभा सदस्य केशवराज पाण्डे, सरेश नेपाल, सीता अधिकारी, प्रभात तामाङ, रमेश पौडेल, सुरेन्द्रराज गोसाईँ सिर्जना सैँजु, छिरिङ्दोर्जे लामा र पुकार महर्जनले आफ्नो विचार प्रस्तुत गरेका थिए ।