शीर्षकहरू

प्रदेश नं–२ मा सुशासनका लागि जनलोकपाल विधेयक

प्रदेश नं–२ मा सुशासनका लागि जनलोकपाल विधेयक

धनुषा । प्रदेश नं २ को प्रदेशसभाको आजको बैठकले प्रदेशमा सुशासन कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सर्वसम्मतले पारित गरेको छ । 

प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेशमा भ्रष्टाचार, ढिलासुस्तीजस्ता अनियमितता रोक्नका लागि सो विधेयक सर्वसम्मतले पारित भएको हो । प्रदेशसभाबाट पारित सो विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भई राज्यपत्रमा प्रकासित भएपछि प्रदेश ‘जनलोकपाल ऐन २०७६’ को नाउँले कार्यान्वयनमा आउने छ ।