शीर्षकहरू

नेशनल हाइड्रोपावरको साधारणसभा स्थगित

नेशनल हाइड्रोपावरको  साधारणसभा स्थगित

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको २२ औं वार्षिक साधारणसभा स्थगित भएको छ ।   सभामा वार्षिक प्रतिवेदन तथा नगद प्रवाह छलफल र लेखा परिक्षक नियुक्त गरिने प्रस्ताव रहेका थिए ।

नेशनल हाइड्रोपावर कम्पनीका सञ्चालक विश्वेश्वर सुवेदीका अनुसार सभामा गणपुरक संख्या नपुगेका कारण साधारणसभा स्थगित गर्न परेको बताए । तर, विवादको भूमरीमा रहेको नेशनल हाइड्रोपावर कम्पनीका करिब ८ लाख लगानीकर्ता रहेका छन् ।

सुवेदीका अनुसार सञ्चालक समितिको बैंठक बसेर स्थगित भएको आजको साधारणसभा जेष्ठ १५ गते गर्ने निर्णय भएको बताए ।