काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी)ले सि एम डि फुडल्याण्ड, टंगालमा विहान ११ बजे सभा बोलाएको छ । लाभांश सम्बन्धी कुनै प्रस्ताव नभएको यस सभाले गत वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने र चालू वर्षका लागि लेखा परिक्षक नियुक्त गर्ने कार्यक्रम तय भएको छ । यस सभा प्रयोजनका लागि वैशाख १५ गतेदेखि बुक क्लोज गरिएकाले वैशाख १४ गतेसम्म कायम सदस्यहरुले सहभागी हुन पाउनेछन् ।
एनएचपीसीले पछिल्लो चरणमा गरेका लगानीका बारेमा लगानीकर्ता बीचमा चर्चा चलिरहेका बेलामा साधारणसभा हुन लागेको छ । एनएचपीसीको इन्द्रावतीमा गरेको लगानी बलुवामा पानी जस्तै भएको छ भने लोवर ईर्खुवा हाईड्रोपावर गरेको लगानीका बारेमा बजारमा धेरै चर्चाको विषय भनिहेको छ । सञ्चालनमा रहेको वर्षौ भएको पनि लगानीकर्तालाई भने कुनै पनि प्रतिफल दिएको छैन ।