शीर्षकहरू

युनाइटेड इन्स्योरेन्सको संस्थापकतर्फको हकप्रद लिलामीमा

युनाइटेड इन्स्योरेन्सको संस्थापकतर्फको हकप्रद लिलामीमा

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको संस्थापकतर्फको अवितरित हकप्रद शेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ दरमा १ लाख ५७ हजार ६४९ दशमलव ६० कित्ता शेयर लिलामीमा बिक्री गर्न लागेको हो । 
उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति, संघ संस्थाहरुले पुस १० गतेभित्र बैंकको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल तथा एनएमबि बैंकको शाखा कार्यालयमा शिलबन्दी बोलपत्र पेस गनुपर्ने छ । लगानीकर्ताले न्यूनतम १ हजार कित्ता वा सोभन्दा बढीको लागि १० अंकले भाग जाने संङ्ख्या र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । 
लिलामी शेयरमा आवेदन दिनको लागि पुस ३ गतेदेखि १० गतेसम्म अवधि तोकिएको छ । शेयरको न्यूनतम मूल्य सय रुपैयाँ तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।