एजेन्सी । भारतको पञ्जाब नेशनल बैंकका ऋण ठगी मुद्दाका फरार अभियुक्त हीरा व्यापारी मेहुल चोक्सीलाई बेल्जियमको प्रहरीले पक्राउ गरेको छ। भारतीय अनुसन्धान एजेन्सीहरूको अपीलका कारण उनलाई अप्रिल १२ मा पक्राउ गरिएको हो । हाल उनी जेलमा रहेको भारतीय समाचार एजेन्सीहरुले समाचारमा उल्लेख गरेका छन। भारतले बेल्जियमसँग मिलेर चोक्सीको सुपुर्दगीको प्रक्रिया सुरु गरेको छ।
चोक्सीलाई पक्राउ गर्दा प्रहरीले दुईवटा पक्राउ वारेन्ट जारी गरेको थियो। यी मुम्बई अदालतले जारी गरेका थिए। वारेन्टहरू मे २३, २०१८ र जुन १५, २०२१ मा जारी गरिएको रिपोर्टमा उल्लेख छ। चोक्सीले आफ्नो खराब स्वास्थ्यको कारण देखाउँदै जमानत र तत्काल रिहाइको माग गर्न सक्ने विश्वास गरिएको छ।
बेल्जियममा पक्राउ परेपछि मेहुल चोक्सीले आफ्नो खराब स्वास्थ्यको कारण देखाउँदै अदालतमा जमानतको माग गरेका छन्। उनी उपचारको लागि बेल्जियम आएका थिए र आफ्नी श्रीमतीसँग एन्टवर्पमा बस्दै आएका थिए।
चोक्सीमाथि १३,८५० करोड रुपैयाँ भारुको घोटाला गरेको आरोप छ। गत महिना मेहुल चोक्सी बेल्जियममा रहेको खुलासा भएको थियो। रिपोर्टका अनुसार मेहुल आफ्नी श्रीमती प्रिती चोक्सीसँग बसिरहेका छन् । जसले बेल्जियमको नागरिकता पाइसकेका छन ।
चोक्सीको उपस्थितिको बारेमा जानकारी बेल्जियमको विदेश मन्त्रालयले दिएको थियो। मेहुल चोक्सी बेल्जियमबाट स्विट्जरल्याण्ड भाग्न खोजिरहेको भारतीय सञ्चार माध्यमा उल्लेख गरिएको छ ।
चोक्सीका वकिल विजय अग्रवालका अनुसार उनका क्लाइन्टले जमानतको लागि अपील दायर गरिएको छ । उनले आफूलाई हिरासतमा राख्नु पर्दैन र जेल बाहिर रहँदा आफूलाई बचाउ गर्न र सुपुर्दगीको अपील तत्काल पुरा गर्न नपर्ने बताएका छन।
वकिलले भने, चोक्सी भाग्ने कुनै जोखिम छैन भनेर उल्लेख गरिनेछ। उनी धेरै बिरामी छन र क्यान्सरको उपचार गराइरहेका छन ।’