काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएसन (NAIMA) को औपचारिक घोषणा भएको छ । गत फागुन ९ गते नै दर्ता भएको नाईमा वैशाख ३ गते बुधबार औपचारिक रुपमा घोषणा भएको हो । जसको अध्यक्षमा वैद्य ग्रुप अन्तर्गतको युनाइटेड ट्रेडर्स सिन्डिकेडकी प्रबन्ध निर्देशक रितु सिंह वैद्य रहेकी छिन्।
संघको अन्य सदस्यहरुमा सुहृद राज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दीप कुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदयन काभ्रा रहेका छन् ।
औपचारिक घोषणा गर्दै नाइमाले साउन २१ गतेदेखि ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । नाइमाले काठमाडौँको भृकुटीमण्डपमा नेपाल मोबिलिटी एक्स्पो आयोजना गर्ने भएको हो । साउन २१ गतेदेखि २५ गतेसम्म मोबिलिटी एक्स्पो हुनेछ । उक्त एक्पोका लागि नाईमाले स्टल बुकिङ समेत खुलाइसकेको छ ।