काठमाडौं । रविजा सन्दारुवानको अर्धशतकप्रेरित कुवेतले हङकङमा जारी चार देशीय ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा नेपालसामू १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मिसन रोड मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रनको योगफल तयार पार्यो ।
कुवेतका लागि सन्दारुवानले ३६ बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे । यसैगरी क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीत भवसरले १६ र कप्तान मोहम्मद अस्लमले अविजित १३ रन बनाए ।
तेस्रो विकेटका लागि सन्दारुवान र पटेलले ५६ रनको साझेदारी गरेका थिए । नेपालका लागि नन्दन यादव र सोमपाल कामीले समान दुई तथा करण केसी र कुशल भुर्तेलले समान एक विकेट लिए ।