शीर्षकहरू

१ हजारले बढ्यो सुनको भाउ, तोलाको १ लाख ८६ हजार

१ हजारले बढ्यो सुनको भाउ, तोलाको १ लाख ८६ हजार

काठमाडौं । आज आइतबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज तोलाको एक हजार रुपैयाँले वृद्धि भएर सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । 

हिजा तोलाको एक लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ८६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले वृद्धि भएर एक हजार ९ सय ६० रुपैयाँ पुगेको छ ।