शीर्षकहरू

कुमारी बैंकको २ लाख १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको २ लाख १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले २ लाख १४ हजार १११ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् कम्पनीले जनाएको छ।

शेयर किन्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र बैंकको शेयर रजिस्ट्रार कुमारी क्यापिटल नक्साल, नागपोखरी वा बैंकको प्रधान कार्यालय टंगालमा आवेदन दिनुपर्ने छ ।

बैंकले यसअघि नै संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याइसकेको र तोकिएको समयभित्र आवेदन नपरेपछि सर्वसाधारका लागि बिक्री खुलाइएको हो ।