शीर्षकहरू

राष्ट्रिय जीवन बीमा कम्पनीले बोलायो साधारणसभा, यस्ता छन् अजेन्डाहरु

राष्ट्रिय जीवन बीमा कम्पनीले बोलायो साधारणसभा, यस्ता छन् अजेन्डाहरु

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले वैशाख ३ गतेका लागि सभा बोलाएको हो । 

कम्पनीको प्रधान कार्यालय, रामशाह पथमा सभा अपरान्ह ४ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । उक्त सभामा पूँजी वृद्धि योजना प्रस्ताव पेश गर्ने तयारी रहेको छ । 

छलफलका विषयहरू :

(क) सामान्य प्रस्ताव ः

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन छलफल गरी पारित गर्ने ।
२. नेपाल सरकार (माननीय मन्त्रीस्तर) को मिति २०६१।०२।०३ को निर्णय र तत्पश्चात् गठित सञ्चालक समितिलाई अनुमोदन गरी सोही सञ्चालक समितिलाई निरन्तरता दिने।

३. लेखा परीक्षकको प्रतिवेदन सहितको साबिक राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६९/७०, २०७०/७१, २०७१।७२, २०७२।७३ र २०७३।७४ सम्मको वासलात, नाफा / नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू सहित अनुसूचीहरू छलफल गरी पारित गर्ने ।

४. आर्थिक वर्ष २०७६/७७, २०७७/७८ २२०७८ /७२ को लेखा परीक्षण गर्न श्री महालेखा परीक्षक कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका वाह्य लेखा परीक्षकद्वय श्री सुवास पौडेल र श्री विजय सिंह पराजुलीको नियुक्ति र निजहरूको पारिश्रमिक अनुमोदन गर्ने ।

(ख) विशेष प्रस्ताव ः

१. कम्पनीको सञ्चालक समितिको मिति २०८१/०३/३० गते बसेको ५५ औं बैठकले स्वीकृत गरेको पुँजी वृद्धि योजनालाई अनुमोदन गर्ने ।

२. कम्पनीको प्रवन्ध पत्र र नियमावली, २०५० मा समयानुकूल संशोधन समेतका कार्य गर्न, गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।