शीर्षकहरू

ग्रीन डेभलपमेन्ट बैंकले बोनस वितरण पश्चात् ११० प्रतिशत हकप्रद निष्काशन गर्ने

ग्रीन डेभलपमेन्ट बैंकले बोनस वितरण पश्चात् ११० प्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले चैत्र २७ गते बुधबार साधारणसभा आह्वान गरेको हो ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले चैत्र १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यस्तै कम्पनीले बोनस वितरण पश्चात् कायम हुने चुक्ता पुँजीको ११०.७१ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि पेश गर्नेछ।

क. सामान्य प्रस्ताव

१) आ.व. २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वासलात तथा आ.व २०८०/८१ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण तथा अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने ।

३) सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम आ.व. २०८०/८१ को मुनाफा तथा संचित मुनाफा रकम समेतवाट यस डेभपलपमेन्ट बैंकको हाल कायम चुक्तापूँजी रु.५३,८७,२२,०००/- (अक्षरेपी त्रिपन्न करोड सतासी लाख वाईस हजार रुपैयाँ मात्र) को ०.३०२७ प्रतिशतले हुन आउने रु.१६,३०,७११.०० (अक्षरेपी सोह्र लाख तीस हजार सात सय एघार रुपैया मात्र) लाभाशंमा लाग्ने कर प्रयोजनार्थ वितरण गर्ने प्रस्ताव उपर छलफल गरि स्वीकृत गर्ने ।

४) लेखापरिक्षण समितिको सिफारिश बमोजिम आ.व. २०८१/८२ को लागि बाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।

५) सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ (दुई) जना सञ्चालकज्यूहरुको निर्वाचन गर्ने ।

६) सञ्चालकहरुको मासिक पत्रपत्रिका तथा टेलिफोन सुविधा रकम वृद्धी सम्वन्धमा ।

ख. विशेष प्रस्ताव

१) सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम रु. ५३,८७,२२,०००/- (अक्षरेपी त्रिपन्न करोड सतासी लाख वाईस हजार रुपैयाँ मात्र) को ५.७५ प्रतिशतले हुन आउने रकम रु.३,०९,७६,५००।०० (अक्षरेपी तीन करोड नौ लाख छयत्तर हजार पाँच सय रुपैया मात्र ) वोनस शेयर वितरण गर्न स्वीकृत गर्ने र सोहि बमोजिम अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धी गरी सम्बन्धित दफा संशोधन गर्ने ।

२) यस ग्रीन डेभलपमेन्ट बैक लि. र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति (Merger/Acquisition) को लागि उपयुक्त संस्थाको पहिचान गर्ने, उपयुक्त देखिएमा सो सम्बन्धी सम्झौतापत्र (MOU) मा हस्ताक्षर गरी अन्य आवश्यक सम्पूर्ण कार्यहरु गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

३) सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम बोनस शेयर वितरण पश्चात रु.५६,९६,९८,५००/- (अक्षरेपी छपन्न करोड छयानब्बे लाख अनठानब्बे हजार पाँच सय रुपैयाँ मात्र ) को १ : १. १०७१ ले हुन आउने रकम रु.६३०,७१३,२००।०० (अक्षरेपी त्रिसठ्ठी करोड सात लाख तेह्र हजार दुई सय रुपैयाँ मात्र) हकप्रद शेयर जारी गर्ने ।

४) बोनश तथा हकप्रद शेयर निष्कासन पश्चात् डेभलपमेन्ट बैंकको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संसोधन गरी अभिलेख गराउँदा आवश्यक थपघट, संशोधन वा परिमार्जन गर्नु परेमा सो सम्बन्धि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने ।