भैरहवा । करोडौका गाडीहरु सञ्चालन गर्ने ट्रक व्यवसायीहरु उपेक्षित भएको व्यवसायीहरुले बताएका छन् । शुक्रबार लुम्बिनी ट्रक यातायात व्यवसायी संघको १३ औ वार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले यस्तो गुनासो गरेका हुन । भारतीय गाडी नेपालमा ७२ घण्टे पुर्जीका आधारमा निर्वाध रुपमा चल्दा व्यवसाय गर्न कठिन भएको बताएका छन् ।
लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष बिष्णु प्रसाद खरेलले संस्थाले सामाजिक उत्तर दायित्व बोध गर्दै समिति अगाडि बढेको बताए । उनले लाखौको गाडि सडकमा गुडाउँदा बुटवल नारायणगढ सडकले गर्दा समस्या भएको बताए । उनले ट्राफिक प्रहरीको अनावश्यक चेकिङले व्यवसायी समस्या परेको बताउँदै पोल्टिहुने माललाई पोल्टि गरेर लैजानु पर्नेमा जोड दिए ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हिरालाल श्रेष्ठले मुलुक संघीयतामा गएकोले प्रदेश सरकारको नीति बनाउनु पर्ने बताए । उनले ओभरलोड आउने भारतीय गाडी चुनौतिको विषय भएको बताउँदै कर्मचारीले बनाउने नीति व्यवहारिक नभएकोले व्यवसायीहरुको हकहितमा लाग्न प्रदेश सरकारलाई आग्रह गरे ।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि प्रचण्ड विक्रम न्यौपाने ट्रक व्यवसायीका समस्यालाई सम्बोधन गर्ने गरि प्रदेशसरकार लागेको बताए । उनले नविकरणको लागि छुटको व्यवस्था गर्ने बताउँदै सडकमा गुडाउने गाडिका चालकलाई तालिम आवश्यक रहेको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका नेत्रप्रसाद आचार्यले ट्रक समिति भैरहवामा स्थापना गर्दा सिद्धार्थ उद्योग वाणिज्य संघमा समेत आक्रमण गर्न बुटवलका व्यवसायीहरु आएको बताउँदै सफल व्यवसायी बन्नको लागि एकबद्ध हुनु पर्ने बताए । उनले व्यासायीका समस्या को लागि सबै एक बद्ध भएर अर्थमन्त्री लाई समस्या बताउनु पर्ने बताए ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र बानिया, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ, सुरक्षित यात्रा नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बेल्बासे, ढुवानी व्यवसायिक समितिका अध्यक्ष माधब नेपाल, च्याम्ब अफ कमर्स भैरहवाका अध्यक्ष दर्पण श्रेष्ठ, नारायणी यातायात प्रालिका अध्यक्ष गोकर्ण पराजुली, ट्रक व्यवसायी महासंघका केद्रिय कोषाध्यक्ष ओम कार्की, सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल ज्ञवाली, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा असल चालक, कर्मचारी र संस्थाको विकासका लागि सञ्चार क्षेत्रमा योग्दान गरेका पत्रकार पुनहरि बेल्बासे र मोहमद हबिब लाई सम्मान गरिएको थियो ।