शीर्षकहरू

नागरिक उन्मुक्ति पार्टीभित्र कुनै  विवाद छैन : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीभित्र कुनै  विवाद छैन : रेशम चौधरी

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीभित्र कुनै विवाद नभएको बताएका छन् । शुक्रबार केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले जति वर्ष पछाडि केन्द्रिय समितिको बैठक बसेपनि पार्टीका कोही विवाद गर्ने मुडमा नरहेको बताएका हुन् ।

उनले भने, ‘डेढ वर्षपछि केन्द्रिय समितिको बैठक बसेको छ । जति वर्ष पछाडि बसे पनि आज केन्द्रिय समितिको बैठक बसेको छ । सबैको अनुहार  आज स्पष्ट देखिएको छ । कसैले  विवाद गरेका छैनन् र विवाद गर्नेवाला पनि छैनन् । कोही विवाद गर्ने मुडमा पनि छैनन् ।  नागरिक उन्मुक्ति पार्टीको विशेषता भनेको यही नै हो ।  जति च्याँठिएर, चिच्याएर, कस्सिएर आएपनि यो यस्तो प्रतिक हो जो सँधै साथमा भइरहन्छ । दुई चारजनाले फेसबुकमा लेखे होलान, को कहाँबाट परिचालित भए होलान, कुनै  मत्तलब छैन । तर पहिचानको श्रीपेच नागरिक उन्मुक्तिसँग मात्रै छ । ’

साथै उनले प्रजातन्त्रवादी देशले सबैभन्दा पहिले थारु भाषामा प्रकाशित पत्रिकालाई प्रतिबन्ध गरेको भन्दै दुःख व्यक्त गरे । उनले देशका विरुद्धमा संघर्षको सुरुवात गर्दा  धेरैले सहज रुपमा लिनु भएको छ भने त्यो सरासर गलत भएको बताए ।  उनले  भने, ‘देशमा प्रजातन्त्र थियो, हाम्रा आवाजहरु प्रतिबन्धित थिए । देशको साहित्य र देवताहरुका निम्ति आफ्नो मनका कुरा राखिन्थ्यो । प्रजातन्त्रको वकालत गरिन्थ्यो तर  हाम्रो प्रजातन्त्रवादी देशले सबैभन्दा पहिले थारु भाषामा प्रकाशित पत्रिकालाई प्रतिबन्ध लगायो । तर देशका विरुद्धमा संघर्षको सुरुवात गरे पनि धेरैले सहज रुपमा लिनु भएको छ भने त्यो सरासर गलत हो ।’