शीर्षकहरू

रोयल इनफिल्ड हिमालयन ४५० मोटरसाइकल एकैपटक १२ युनिट डेलिभरी

रोयल इनफिल्ड हिमालयन ४५० मोटरसाइकल एकैपटक १२ युनिट डेलिभरी

काठमाडौं । रोयल इनफिल्ड हिमालयन ४५० मोटरसाइकल एकैपटक १२ युनिट डेलिभरी भएको छ । आज एक कार्यक्रम गरेर रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले किङफिसर एड्भेन्चर प्रालिलाई एकैपटक १२ युनिट हिमालयन ४५० हस्तान्तरण गरेको हो ।

 रोयल अल्फा अटोमोटिभका निर्देशक मेधराज पौडेलले किङफिसर एड्भेन्चरलाई मोटरसाइकल हस्तान्तरण गरेको हुन् । किङफिसर एड्भेन्चरले टुरिजम क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले मोटरसाकल रेन्टल तथा एड्भेन्चर राइड आयोजना गर्ने उद्देश्यले हिमालयन खरिद गरेको बताएको छ ।

अल्फा अटोमोटिभले हिमालयन ४५० भेरियन्ट अनुसार ९ लाख ८९ हजारदेखि १० लाख ३९ हजार रुपैयाँसम्म बिक्री गर्दै आएको कम्पनीले जनाएको छ । रोलय इनफिल्ड हिमालयन ४५० मा ४५२ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड, ४ भल्भ इन्जिन रहेको छ । कम्पनीले शेर्पा नाम दिएर ल्याएको इन्जिनले ८००० आरपीएममा अधिकतम ४०.२ पीएस पावर तथा ५५०० आरपीएममा अधिकतम ४० एनएम टर्क जेनेरेट गर्ने कम्पनीको दावी  छ।