काठमाडौं । काठमाडौंको केउरानी सामुदायिक वनमा आगलागी भएको छ । चन्द्रागिरि नगरपालिकामा पर्ने उक्त वनको विभिन्न ठाउँमा आगलागी भएको बताइएको छ ।
आगलागी भएको जानकारीपछि सुरक्षाकर्मी परिचालित भएका छन् । आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित भएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।