काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ शाखा कोशी प्रदेशको खोटाङ जिल्ला, दिक्तेल स्थित रुपाकोट मझुवागढी नगरपालिका वार्ड १ मा संचालन गरेको छ । यो संगैे बैंकको २०० वटा शाखाहरु संचालनमा आएका छन् । नयाँ शाखाको संचालनसँगै कोशी प्रदेशमा संचालनमा रहेका शाखाहरुको संख्या २८ पुगेको बैंकले जनाएको छ ।
कार्यक्रमलाई संवोधन गर्दै प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने क्रममा खोटाङ दिक्तेलमा नयाँ शाखा संचालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा दिने बताए । उक्त समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
नयाँ शाखा संचालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु पहिलो वर्ष निशुुल्क प्राप्त गर्न सकिनेछ । डि(म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ ।
त्यस्तै, नयाँ शाखा शुभारम्भ भएको दिनमानै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वार्ड ९ मा संचालनमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयलाई कम्पयूटर र प्रिन्टर सहयोग उपलब्ध गराएको छ । विद्यालयमा आयोजित कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप सो सामाग्री हस्तान्तरण गरेको छ ।