काठमाडौं । आज शुक्रबार सुन र चाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार रुपैयाँले घटेर प्रति तोला १ लाख ७५ हजारमा कारोबार भइरहेको छ ।
आज १० ग्राम छापावाल सुनको भाउ १ लाख ५० हजार ३५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय १० रुपैयाँ ५० पैसा तोकिएको छ ।