शीर्षकहरू

एनएमबी बैंकको १ लाख २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

एनएमबी बैंकको १ लाख २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनएमबी बैंकले १ लाख २२ हजार १२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकको संस्थापक शेयरधनी शान्ति रमण वाग्लेको नाममा रहेको उक्त कित्ता शेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ । 

उक्त शेयर विद्यमान संस्थापक शेयरधनीको लागि बिक्रीमा राखिएको हो । इच्छुक विद्यमान संस्थापक शेयर धनीहरुले आजको मितिबाट ३५ दिनभित्र आवेदन दिनुपर्ने छ ।

यदि उक्त अवधिसम्म आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने बैंकले स्पष्ट पारेको छ ।