शीर्षकहरू

नेपालमा ओमोडाको एक वर्ष : ८५० युनिट बिक्री, वार्षिकोत्सवको अवसरमा छुटै-छुट

नेपालमा ओमोडाको एक वर्ष : ८५० युनिट बिक्री, वार्षिकोत्सवको अवसरमा छुटै-छुट

काठमाडौं । नेपालमा ओमोडा ईभी भित्रिएको एक वर्ष पुरा भएको छ । आज मार्च २० तारिख बिहिबार ओमोडा ब्राण्ड नेपाल भित्रिएको एक वर्ष पुरा भएको हो । 

ओमोडा ब्राण्डको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता कम्पनी एसपीजी अटोमोबाईल प्रालिले उक्त ब्राण्ड नेपाल भित्र्याएको पहिलो वार्षिकोत्सव आज मनाएको छ । ओमोडा चाईनिज ब्राण्ड हो । यो चाईनाको चेरी अटोमोबाईल कम्पनी लिमिटेडको उत्पादन हो ।

nullनेपाल प्रवेश गरेको एक वर्षमा नै कम्पनीले ओमोडा ई-५ गाडी ८ सय वटा बिक्री गरिसकेको जनाएको छ । यसैगरी, जेको जे-६ गाडी ५० युनिट बिक्री भइसकेको कम्पनीका सिनियर म्यानेजर निलन बज्राचार्यले जानकारी दिए । उनका अनुसार ओमोडा र जेको गरेर हाल नेपालमा १ हजार ३ सय बढी युनिट आयात भएको छ । 

वार्षिकोत्सवको अवसरमा कम्पनीले छुट अफर पनि ल्याएको छ । ओमोडा र जेकोका गाडी खरिद गर्ने ग्राहकले ५ लाख ३५ हजार रूपैयाँसम्म छुट पाउने कम्पनीका जनरल म्यानेजर ज्ञानेन्द्र बहादुर चन्दले जानकारी दिए । उनका अनुसार ३ लाख रुपैयाँ नगद र २ लाख २५ हजार रुपैयाँको एसेसरिज तथा अन्य सुविधा पाइने छ । 

nullएक वर्षका लागि अटो प्लस इन्स्योरेन्स, सडक कर शुल्क र ७ किलोवाटको चार्जर उपलब्ध गराउने जनरल म्यानेजर चन्दले जानकारी दिए । यस्तै, ८ वर्ष वा १ लाख ६० हजार किलोवाटका ब्याट्री र मोटरमा वारेन्टिको व्यवस्था रहेको पनि उनले बताए । 

यही मार्च ३१ तारिखसम्म ओमोडा वा जेको गाडी खरिद गर्ने ग्राहकले उक्त छुट सुविधा पाउने जनाइएको छ । छुट अफर आजै देखि लागु भएको छ ।

यस्तै, कम्पनीले जेको ब्राण्डका २ वटा नयाँ ईभी छिटै नै नेपालमा ल्याउन लागको छ । जेको जे-५ र अर्को जेको भी-२३ अबको २ महिना भित्र नै नेपाल ल्याउने उनले जानकारी दिए । 

पछिल्लाे एक वर्षको अवधिमा कम्पनीले देशभर १७ वटा शोरुम र सर्भिस सेन्टर संचालनमा ल्याएको छ । यसैगरी, ३० भन्दा बढी स्थानमा डीसी फास्ट चार्जिङ नेटवर्क विस्तार गरिसकेको जनाइएको छ । फास्ट चार्जिङ नेटवर्क १०० स्थानमा विस्तार गर्ने कम्पनीको तयारी रहेको कम्पनीले जनाएकाे छ ।